समाचार
गोठमा आगलागी हुँदा एक जनाको मृत्यु
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय लक्ष्मीराज जैसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा...
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट
तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । आजको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको...
सशस्त्र प्रहरी बलमा आवेदन दिन माग
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा आवेदन दिन माग गरेको छ । आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो । प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले...
प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालय जनाएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा परराष्ट्र...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि...
संसद् भवनबाट पक्राउ परेका मिटरब्याजी पीडितहरु रिहा
काठमाडौँ । निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन परिसरमा आन्दालेन गर्ने क्रममा पक्राउ परेका मिटरब्याजी पीडितहरु रिहा भएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट गत फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । सार्वजनिक शान्तिविरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई...
मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई पक्राउ गरेको हो । उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो...
एकीकृत समाजवादीले महाधिवेशनमा एउटा मात्र दस्तावेज पेस गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज पेस गर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’ को बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार, बैठकले...
२८ अंकले घटेर बन्द भयो बिहीबार शेयर
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज शेयर २८ अंकले घटेर शेयर बजार बन्द भएको हो । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा पुगेर रोकिएको नेपाल स्टक एक्सचेञ्ज...
गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबीचको द्वन्द्वमा परेर गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । बिहीबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सो बारे जानकारी गराएको हो । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र...










