जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १५:३२

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको नवलपरासी पूर्व र मोरङ जिल्लाको विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी पूर्वमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।