समाचार

उपनिर्वाचनः कांग्रेसले आगामी बैठकबाट उम्मेदवार टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी बस्ने केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१) मा हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)...

मकवानपुरको बकैयामा बिहीबार शोक विदा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले भोलि फागुन १७ गते शोक विदा दिने निर्णय गरेको छ । बकैया ७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि पालिकाले बुधबार एक सूचना जारी गर्दै भोलि शोक विदा दिने जानकारी गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको...

हेटौंडामा महिला उद्यमी प्रदर्शनी हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी प्रदर्शनी हुँदैछ । आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म आठौं संस्करणको प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुन लागेको हो । प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ तथा महिला उद्यमी विकास समितिको संयुक्त आयोजनामा हुन लागेको हो । महिला उद्यमीले उत्पादन गरेका हस्तकला...

उपनिर्वाचन: फागुन २८ गते मतदाता नामावली सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि यही फागुन २८ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको हो । यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट ( https://election.gov.np/)...

विद्युत प्राधिकरणलाई १५ अर्ब ३६ करोडको नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई चालु आर्थिक वर्षमा १५ अर्ब ३६ करोडमाथिको नाफा भएको छ । प्राधिकरणलाई चालु आर्थिक वर्ष (आव) २०८०/०८१ को पछिल्लो पहिलो ६ महिनामा १५ अर्ब ३६ करोडमाथिको रुपैयाँको नाफा भएको हो । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री,...

आगामी निर्वाचनमा माओवादीले गठबन्धन नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले बैठक पश्चात भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन ।...

बुधबार झिनो अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अंकमामा अडिएको हो । यस्तै, आज यता कारोबारमा समेत गिरावट आएको छ । आज कारोबार जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । देशको दुई छुट्टाछु्टटै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापा र डडेल्धुरा जिल्लाको विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर झापाको बाह्रदर्शी गाउँपालिका–६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको मंगलबार दिउँसो मृत्यु भएको छ । लिम्बुको सोही...

मकवानपुरको भीमफेदीबाट लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैँसेबाट प्रहरीले अवैध लागूऔषध चरेस र गाँजासहित मंगलबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा...