बुधबार झिनो अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अंकमामा अडिएको हो ।
यस्तै, आज यता कारोबारमा समेत गिरावट आएको छ । आज कारोबार जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको हो ।
आज २४८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा अधिकतम १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको बढेको र ७ कम्पनीको स्थिर रहेको जनाइएको छ ।
कूल १३ उपसूचकहरू मध्ये आज होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, अन्य समूहको उपसूचक र ट्रेडिङबाहेक अन्य ७ वटा उपसूचक ऋणात्मक भएका छन् ।