आगामी निर्वाचनमा माओवादीले गठबन्धन नगर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार १६:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले बैठक पश्चात भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर, हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

यस्तै, बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले बताए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।