समाचार

हेटौंडाको सहिद स्मारकमा जिल्लाकै अग्लो झण्डा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरस्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लो झण्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको झण्डा फहराएको हो । उक्त झण्डाको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय कलाकार हरिवंश आचार्यले उद्घाटन गरेका हुन्...

मैत्रीपूर्ण फुटबलमा युवा संघ मकवानपुर विजयी

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजना गरिएको छ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा भएको मैत्रिपूर्ण फुटबलमा युवा संघ विजयी भएका छन् । प्रेस...

अवैध गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–५, बोटबारीबाट ७० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय...

हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८, कमानेस्थित मनकामना मन्दिरको प्राङ्गणमा आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मनकामना टोल (क) र (ख) ले प्रजातन्त्र दिवस र अर्जुन प्रसाद मैनालीको स्मृतीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो क्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक...

पाँचौ संस्करणको राष्ट्रिय फुटसलमा हेटौंडा उपविजेता बन्यो

मकवानपुर । झापाको बिर्तामोडमा सम्पन्न पाँचौ संस्करणको राष्ट्रिय फुटसल प्रतियोगितामा हेटौंडा उपविजेता बनेका छन् । सामाजिक सञ्जालमा चर्चित मेन्स रुम रिलोडेड समूहले आयोजना गरेको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा हेटौंडा ललितपुरसँग पराजित बनेको हो । ललितपुरले ११–५ गोलअन्तरले हेटौंडालाई पराजित गरेको हो । उक्त सूमहले हरेक वर्ष अरु...

सभापति देउवाद्वारा कांग्रेस महासमिति बैठकको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्घाटन गरेका छन् । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उद्घाटन गरेका हुन् । उक्त महासमितिको बैठक आजदेखि १० गतेसम्म संचालन हुनेछ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच...

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ९ बजेको समयमा लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर टिपर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका...

कोरियन भाषा परीक्षा आजबाट सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको छ । पहिलो सिफ्टमा...

त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । उपकुलपतिमा नाम सिफारिस हुनेहरुमा क्रमशः चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराल रहेका छन् । सिफारिस समितिले गत पुष २३ मा त्रिवि उपकुलपतिमा दरखास्त...