स्थानीय क्षेत्रका महिलालाई सीपमूलक तालिम

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १७:५९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा स्थानीय महिलाहरुलाई मंगलबारबाट १० दिने सीपमूलक तालिक दिइएको छ ।

चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम सुरु गरिएको हो ।

स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ आयोजना गरेको उक्त तालिमको उद्घाटन हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालले गरेका हुन् ।

केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बंशगोपाल मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नवजीवन ज्योति क्लवका अध्यक्ष राजकुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–६ का सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

रविना भोम्जनले सहजीकरण गर्ने तालिममा स्थानीय २७ जना महिलाहरुले सहभागिता जनाएका छन् ।