बागमती प्रदेशसभाबाट शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १८:२४

मकवानपुर । बागमती प्रदेश सभाको आज मंगलबार बसेको हिउँदे अधिवेशन बैठकबाट बागमतीका पूर्व सांसद एवम् पूर्व मन्त्री बलाराम पौडेलको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

पौडेलको ६७ वर्षको उमेरमा गत माघ १७ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो । स्व. पौडेल २०७४ सालको निर्वाचनमा चितवन जिल्ला नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

शोक प्रस्ताव पारित भएसँगै सभाुमख पाठकले प्रदेश सभाको बैठक आगामी फागुन १६ गते भोलि बुधबार बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।