बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक सुरु भएको छ । आज अपराह्न ३ बजे बस्ने भनिएको प्रदेशसभाको हिउँदे अधिवेशन बैठक डेढ घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको हो ।
आजको प्रदेशसभा बैठकमा संसदमा रहेका सत्तापक्ष र प्रतिपक्ष दलकासंसदीय दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यस्तै, बैठकमा केही विधेयक पनि प्रस्तुत हुने प्रमुख सचिव खड्काले बताए ।
बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गते बसेको थियो । संसद्को बजेट अधिवेशन अन्त्य गरिएको ४ महिनापछि प्रदेशसभा बैठक आज बसेको हो ।
