आगो ताप्ने क्रममा जलेर थापाको मृत्यु

रूपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ सानो उकालीमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७९ वर्षीया मन कुमारी थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा गएराति मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।