मंगलबार ९.३४ अकंले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा सुधार आएको छ । सोमबार दोहोरो अकंले बढेको नेप्से आज पनि सुधारमा आएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा पुगेर रोकिएको छ ।
आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज ७ उपसूचकमा हरियाली आएको छ ।