माओवादी स्थायी समिति बैठकः कार्यविभाजनबारे अन्तिम रुप दिने

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार ०८:४०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेको छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको प्रवक्ता सापकोटाले बताए ।