बागमती प्रदेश: सर्वदलीय बैठक जारी

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १०:२३
file-photo

मकवानपुर । बागमती प्रदेश सर्वदलीय बैठक हाल जारी छ । बिहान साढे ८ बजेको लागि बोलाइएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठक सभामुख भूवन पाठकको निजी निवासमा बसिररहेको हो । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसिररहेको हो ।

सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको छ । करिब साढे चार महिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्न लागेको हो । प्रदेशसभा बैठक यसअघि गत असोज २२ गते बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।