जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उक्त भवनको उद्घाटन गरेका हुन् ।
अदालतको नवनिर्मित भवन नेपाल सरकारको रु २३ करोड ७७ लाख ४ हजार अनुदान रकमबाट निर्माण भएको हो ।
साढे ६ तल्ला रहेको उक्त भवनमा ७ वटा इजलाश, चेम्बर र दुई वडा सभाकक्षहरु पनि रहेको उक्त अदालतका श्रेष्तेद्धार लेखनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार, उक्त भवनमा मुद्धा दर्ता, अभिलेख शाखा, पुस्तकालय, प्रशासन, लेखा, कम्प्युटरलगायत विभिन्न कक्षहरुसहित ६१ वटा कोठा रहेका छन् ।
साथै सो अदालतको भवनमा दुई वटा विद्युतीय लिप्ट जडान गरिएको छ । जसमध्ये अदालतका न्यायाधीशहरु, कर्मचारी, कानून व्यवसायीहरु र अर्को लिप्टमा सर्वसाधारण सेवाग्राहीको लागि प्रयोग गरिने जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद संजेलले बताए ।
अदातलको भवन उद्घाटन कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीना कुमारी लामा, उच्च अदालत पाटक इजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत पाटन हेटौंडाका मुख्य न्यायाधीश यमुना भट्टराई, जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद संजेल र नेपाल बार एसोसियसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतलगातले मन्तव्य व्यक्त गरेका थिए ।