समाचार

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो । सो बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा...

बागमती गोल्डकपः एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।...

मकवानपुरका किशोर पक्राउ

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट प्रहरीले शुक्रबार बिहान अवैध लागूऔषध चरेससहित एक किशोरलाई पक्राउ गरेको छ । प्रहरीले करिब २० किलो चरेशसहित थाहा नगरपालिका–८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । ती किशोरलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पालुङबाट हेटौंडातर्फ जाँदै गरेको...

रुकुम पश्चिममा साढे २६ हजारभन्दा बढी अस्थायी आवास निर्माण

रुकुम । रुकुम पश्चिममा हालसम्म साढे २६ हजारभन्दाब बढी अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, जिल्लामा हालसम्मा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएको हो । जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८९८ वटा अस्थायी आवास निर्माण भएका छन् ।...

आफैले काट्दै गरेको रुखले च्यापिएर किशोरको मृत्यु

बैतडी । बैतडीमा शुक्रबार दिउँसो आफैले काट्दै गरेको रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, रुखले च्यापिएर टाउकोमा गम्भीर चोट लागेका उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।...

‘बालमैत्री कार्यक्रममा विद्यालयको भूमिका’ विषयक अन्तरक्रिया

मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार ‘बालमैत्री कार्यक्रममा विद्यालयको भूमिका’ विषयक अन्तरक्रिया भएको छ । हेटौंडा उपमहानगरपालिका–१४ नम्वर वडास्थित भृकुटी माध्यमिक विद्यालयमा बालमैत्री कार्यक्रममा विद्यालयको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको अध्यक्षता एवम् हेटौंडा–१४...

निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन संचालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक करोड रुपैयाँभन्दा बढी लगानीमा विद्युतीय सवारी साधनको लागि दुर्गा माता चार्जिङ स्टेशन संचालनमा आएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेसँगै हेटौंडा–९ कर्रामा निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन संचालनमा आएको हो । उक्त स्टेशनको हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीले एक...

बोक्सी आरोपमा मलमूत्र खुवाउने पक्राउ

विराटनगर । बोक्सीको आरोपमा मलमूत्र खुवाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी रहेकी छन् । उनी गाउँकी धामी हुन् ।...

६ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको काठमाडौं, सुनसरी, नवलपरासी, इलाम, मोरङ र सर्लाही जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरु मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार, काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका–४ घर भएकी २७ वर्षीया...

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ः३२ बजेको समयमा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।