पाँच जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० फाल्गुन १३,आईतवार १५:२८
file photo

काठमाडौं । देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । देशरको कञ्चनपुर, खोटाङ, उपन्देही, उदयपुर र इलाम जिल्लाको विभिन्न स्थानमा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका अन्दाजी ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–७ दमाइकुटे कुईभिर खोलामा एक पुरुष मृत फेला परेका छन् । सोही गाउँपालिका–७ ससुराली गाउँमा बस्दै आएका रौतामाई गाउँपालिका–८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उता इलामको माई नगरपालिका–२, झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका–९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।