निर्वाचन आयोगः मतदाता नामावली दर्ता स्थगित

तु खबर संवाददाता
२०८० फाल्गुन १३,आईतवार १६:५७

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित भएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली दर्ताको काम स्थगित गरिएको हो ।

अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले आइतबार निर्णय गरेको उपसचिव एवम् प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

आयोगले इलाम र बझाङ जिल्लामा आगामी साल २०८१ को वैशाख १५ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।