समाचार

दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, शिखरकटेरीस्थित भित्रि सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान ९ बजेको समयमा सुकौराबाट सिवम सिमेन्ट फ्याक्ट्रीतर्फ आउँदै गरेको ना.५ख ३००५ नं.को (ढुङ्गा लोड) टिपर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।...

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार

काठमाडौँ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार राति रातोपुल क्षेत्रबाट उनीहरुको उद्धार गरेको प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । प्रहरीले उद्धार गरेका भारतीय नागरिकहरुमा सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह,...

आज चार वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल, मट्टितेलको भाउ बढाएको हो । निगमले डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले भाउ बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २...

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–९, आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, डकाहाबाट दुधौली तर्फ जाँदै गरेको स १० प ३९०९ को...

लागूऔषधसहित चार जना मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा–१५ बाट बुधबार चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले फागुन २ गते बुधबार हेटौंडा–१५, रातोमाटस्थित पूर्व–पश्चिम सडकखण्डबाट लागूऔषध ओनरेक्स ५८ बोतलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साको पोखरिया नगरपालिका वडा नम्वर ९ बस्ने...

जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई घाइते

बझाङ । बझाङको तल्कोट गाउँपालिकाको साइलाबगड नजिक बिहीबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नं.को जिप दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका...

एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको पार्टीको २७ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी...

स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यसूची रहेको छ । गण्डकी प्रदेश सरकार आजबाट ६...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...