हत्याको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १३,आईतवार १०:२३

मकवानपुर । नेपाल प्रहरीले हत्या गरेको आरोपमा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले रोल्पा र ओदढुंगा जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले रोल्पाको माडी गाउँपालिका–१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई आफनै श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको छ । मादक पदार्थ सेवन आफ्नै २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भिम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । भिमबहादुरलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले ओखलढुंगाबाट आफनै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिद्धिचरण नगरपालिका–५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई शुक्रबार राति पक्राउ गरेको हो ।

काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखल्ढुंगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।