आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य बढेर कारोबारमा भएको हो । भाउ बढेसँगै छापावाल सुन तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार र १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघले चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
