मिटरब्याज पीडितहरूलाई सरकारले वार्तामा बोलायो
काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ताको लागि बोलाएको हो ।
सो मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको हो ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलनरत छन् । यतिबेला उनीहरू काठमाडौं भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।