मनहरी घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्विरसहित संयुक्त दवावको नाममा भएको प्रदर्शनप्रति कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस मकवानपुर प्रवक्ता अर्जनुप्रसाद चौलागाईंले विज्ञप्ति जारी गर्दै मनहरी गाउँपालिकाभित्रका आफूलाई राजनीतिक दलहरुले गरेको कार्यप्रति कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कांग्रेस सभापति बानियाँको व्यक्तिगत, व्यवहारिक एवं कानूनीरुपमा संलग्न नरहेको तथा मनहरी गाउँपालिकाले आव्हान गरेको सार्वजनिक सूचना बमोजिम हिराचन/बानियाा जेभी कम्पनीले प्रतिस्पर्धात्मक रुपमा ४ वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएकोमा काममा ढिलासुस्ती भएको भन्दै सभापतिलाई अपमानजनक शब्द प्रयोग गरी तस्विरसहितको ब्यानर प्रदर्शन गर्ने गैरकानूनी, गैरराजनीतिक एवं अलोकतान्त्रिक व्यवहारको उनले विरोध गरेका छन् ।
‘निकुञ्ज क्षेत्रभित्र रहेको प्राविधिक र व्यवहारिक विभिन्न कठिनाईहरु झेल्दै मसिने खोला पुल ८६ प्रतिशत, ट्वाङग्रा खोला पुल ९६ प्रतिशत, च्यापलखोला पुल ६९ प्रतिशत र ठाडोखोला पुल ७५ प्रतिशत निर्माण कार्य पूरा भैसकेको व्यहोरा निर्माण कम्पनीको विज्ञप्ती उल्लेख छ ।’,
चौलागाईंले गाउँपालिका प्राविधिकबाट सूचना प्राप्त भएको र निर्माण कम्पनीलाई आवश्यक सहयोग उपलब्ध गराउादै निरन्तर अनुगमन कार्यसमेत भैरहेको अवस्थामा निर्माण कम्पनीले ४ वटै पुलहरु २०८०/०८१ को असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्दतासमेत जनाइसकेका बताए ।
‘बागमती प्रदेश सभापति माथि राजनीतिक प्रतिशोध सााध्ने, चरित्र हत्या एवं मानहानी गर्ने र जनतामा अलोकतान्त्रिक ढंगबाट भ्रम श्रृजना गर्ने गैरराजनीतिक चरित्रप्रति नेपाली कांग्रेस मकवानपुर गम्भीर आपत्ती प्रकट गर्दछ ।’,
विज्ञप्तिमा स्थानीय जनताको पक्षमा सहज र छिटो तरिकाले सेवा प्रवाह गर्ने र गराउने कार्यमा पैरवी गर्न तथा स्थानीयस्तरमा संचालित विकास निर्माणका कार्यहरु समय सिमाभित्र सम्पन्न हुनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदैव सचेत र जिम्मेवारपूर्ण ढंगबाट खवरदारी गरी आएको कुरा स्मरण गराइएको छ ।

