राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

तु खबर संवाददाता
२०८० फाल्गुन १४,सोमबार १५:१५

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/०८० पेस गरिएको छ ।

बैठकमा समितिका सभापति जयन्तीदेवी राईले उक्त प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी हुन् । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जानकारी दिइन् ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेकी थिइन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।