समाजवादी मोर्चाले चैत ३ गते काठमाडौंमा अन्तरक्रिया गर्ने
काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले उक्त निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिए ।
अन्तकरक्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको उनले बताए ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले बामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिरया कार्यक्रम गर्ने सहमति भएको थियो ।