लघुवित्त पीडितद्वारा संसद् भवनभित्रै पसेर आन्दोलन

तु खबर संवाददाता
२०८० फाल्गुन १४,सोमबार १४:५६
file-photo

काठमाडौं । लघुवित्त तथा सहकारी पीडितले संसद् भवनभित्र नै पसेर आन्दोलन गरेका छन् । सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक संचालन भइरहेको बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर प्रदर्शन गरेका हुन् ।

संसद भवनमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । जसमा ४८ जना महिला र १ जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले केही दिनदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै प्रदर्शन गर्दै आएका छन् ।