हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड लागि बन्द प्रशिक्षण सुरु

तु खबर संवाददाता
२०८० फाल्गुन १४,सोमबार १०:०२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड लागि बन्द प्रशिक्षण सुरु भएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने मकवानपुर जिल्लाका खेलाडीको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको हो ।

मकवानपुरमा भएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो ।

गत वर्षबाट सुरू भएको बन्द प्रशिक्षण यस वर्षलाई पनि जिल्ला खेलकुद विकास समिति मकवानपुरले निरन्तरता दिइएको छ ।

आगामी फागुन २० गतेसम्म संचालन हुने बन्द प्रशिक्षणमा १ सय १५ जना खेलाडी सहभागी भएको समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए ।

बन्द प्रशिक्षणका क्रममा खेलाडीहरुले हेटौंडा–४ स्थित हुप्रचौरमा प्रशिक्षण गर्नेछन् । बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका साढे ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण हुने उनले बताए ।