समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएको छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची रहेको जनाइएको...

सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइयो

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले यही चैत्र २२ गते बस्ने गरी प्रदेश सभाको बैठक बोलाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि  प्रदेश सभा बैठक बोलाइएको हो । नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा...

बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्ने मन्त्रीहरुमा क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको सिफारिसमा उनीहरुलाई शपथ...

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन दिन माग

काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदैछ । परिषद्ले उक्त पदका लागि इच्छुक व्यक्तिले आवेदन दिन माग गरेको जनाएको...

नेकपा एकीकृत समाजवादी मकवानपुरको अधिवेशन वैशाखमा

मकवानपुर । नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी वैशाख १५ र १६ गते हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुने जनाइएको छ । पार्टी स्थायी कमिटी सदस्य...

माओवादी केन्द्रका नेता कालीबहादुर पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार उनी आज पक्राउ परेका हुन् । सोही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । । माओवादी...

माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका उनी पक्राउ परेका हुन् । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा...

पर्वतमा एक दम्पतीको हत्या

पर्वत । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा एक दम्पतीको हत्या गरिएको छ । गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिसी दम्पतीको हत्या भएको अवस्थामा आज बिहान भेटिएका हुन् । घरमा उनीहरू...

शेयर बजारको ओरालो यात्रा निरन्तर

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । साताको पहिलो दिनदेखि लगातार घटेको शेयर बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१...

बागमती प्रदेशः एमालेबाट को–को बन्दैछन् मन्त्री ?

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेकपा एमालेको तर्फबाट एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको नेकपा एमाले निकट विश्वासीलो स्रोतले तु खबरलाई जानकारी दिएको छ । एमालेबाटै जगन्नाथ थपलियाले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।...