शेयर बजारको ओरालो यात्रा निरन्तर

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १५:५७

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ ।

साताको पहिलो दिनदेखि लगातार घटेको शेयर बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।