बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १७:५८

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गर्ने मन्त्रीहरुमा क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको सिफारिसमा उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जसअनुसार, केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले खानेपानी, सिचाईँ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रीको शपथ लिएका हुन् ।