सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइयो

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १८:०६
file-photo

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले यही चैत्र २२ गते बस्ने गरी प्रदेश सभाको बैठक बोलाएको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएपछि  प्रदेश सभा बैठक बोलाइएको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एक महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने कानुनी प्रावधान अनुरुप मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।