समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन दिन माग

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १६:२४

काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि आवेदन दिन माग गरेको छ ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदैछ । परिषद्ले उक्त पदका लागि इच्छुक व्यक्तिले आवेदन दिन माग गरेको जनाएको छ ।

आवेदनको लागि आज सूचना प्रकाशित भएको छ । त्यसको लागि मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा कबmदबष्मजबलष्प२यऊअm।नयख।लउ मा पठाउन भनिएको छ ।

एकभन्दा बढी पदका लागि आवदेन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम बुझाउनुपर्ने जनाइएको छ ।