पर्वतमा एक दम्पतीको हत्या

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १६:०९

पर्वत । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा एक दम्पतीको हत्या गरिएको छ ।

गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिसी दम्पतीको हत्या भएको अवस्थामा आज बिहान भेटिएका हुन् । घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए ।

पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।