बागमती प्रदेशः एमालेबाट को–को बन्दैछन् मन्त्री ?

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १५:५६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

नेकपा एमालेको तर्फबाट एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको नेकपा एमाले निकट विश्वासीलो स्रोतले तु खबरलाई जानकारी दिएको छ ।

एमालेबाटै जगन्नाथ थपलियाले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा एकालाललाई खानेपानी उर्जा तथा सिंचाई, रामेश्वरलाई स्वास्थ्य, केशवलाई वन तथा वातावरण र प्रकाशलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।