समाचार
हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मंगलबार र्याली र सभा कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको हो । ग्रामिण तथा सहरी क्षेत्रका विभिन्न वडाबाट आ–आफ्ना सहकारी संस्थाका ब्यानरसहित...
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, झापा, बाँके र दार्चुला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेस ५ किलो ९ सय २९ ग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।...
वेबसाइट डिजाइन र पत्रकारिता तालिम हुँदै
मकवानपुर । पोखरामा रहेको एक कम्पनीले वेबसाइट डिजाइनसँगै पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । लामो समयदेखि विभिन्न किसिमका वेबसाइट तथा सफ्टवेयर डिजाइनको तालिम दिँदै आइरहेको इकमर्श साथी प्रालिले तालिम दिन लागेको हो । १५ दिने तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार...
सदस्यता र मतदाता नामावली टुङ्गो लगाएर मात्र अधिवेशन गर्न युनियनको माग
मकवानपुर । नेपाल पत्रकार महासंघको सदस्यता तथा मतदाता नामावलीको टुङ्गो लगाएर मात्रै जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ । युनियन मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अधिवेशन गर्नुपूर्व नै सदस्यता र मतदाता नामावलीको टुंगो लगाउनुपर्ने माग गरेको हो । आजै युनियन मकवानपुरद्वारा...
समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै
काठमाडौं । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रियाको आयोजना गर्दैछ । कार्यक्रम दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजना गर्ने भएको मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ । उक्त सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया हुनेछ ।...
प्रतिनिधि सभा बैठक आज पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित...
दुई निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं । दुई वटा निर्माण कम्पनी सरकारको कालो सूचीमा परेको छ । कालो सूचीमा पर्ने कम्पनीहरुमा क्रमशः नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालि र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनल रहेका छन् । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३...
बागमती प्रदेशः नवनियुक्त मन्त्री मगरले लिइन् शपथ
मकवानपुर । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी मगरलाई मुख्यमन्त्री शालिकराम...
आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
मकवानपुर । आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । हरेक वर्ष चैत्र २० गते मनाउने सहकारी दिवस आज मनाउन लागिएको हो । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज सहकारी दिवस मनाउन लागिएको हो । सो दिवसको...
उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । सो बैठक आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले...










