समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै
काठमाडौं । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रियाको आयोजना गर्दैछ ।
कार्यक्रम दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजना गर्ने भएको मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।
उक्त सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूले सहभागीता जनाउने बताइएको छ ।
यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।