समाचार

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

रुपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्रामसहित गडहवा गाउँपालिका–३ बस्ने २३ वर्षीय रियाजुदिन मुसलमानलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका...

माओवादीद्वारा इलाम–२ मा धीरेन्द्र शर्माको नाम सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचन अन्तरगत उम्मेदवारमा धीरेन्द्र शर्मा तिमिल्सिनाको नाम सिफरिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी गराए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा...

सोमबार पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार १७ दशमलव ३० अंकले घटेको नेप्से परिसूचक सोमबार ६ दशमलव २६ अंकलेको घटेको हो । यसअघि आइतबार २ हजार १८ दशमलव ३३ अंकमा झरेको नेप्से आज २ हजार १२ दशमलव ७ बिन्दुमा...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयमा केहीबेर अघिबाट सुरु भएको हो । दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको हो । ४ बजे बोलाइएको बैठक पनि झण्डै आधा घण्टा ढिला गरी सुरु गरिएको...

स्रोत नखुलेको साढे २७ लाख रूपैयाँसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँसहित आइतबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको...

एमाले लमजुङको अध्यक्षमा विष्ट

लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । कमिटिको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले पराजित गर्दै विष्ट अध्यक्षमा विजयी भएका हुन् । यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीलाई पराजित गर्दै उनले विजयी हाँसिल गरेको हो । अध्यक्ष पदमा...

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन भएको छ । यसअघि परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने जानकारी गराएका राप्रपाले सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने...

अझै बस्न सकेन बागमती प्रदेश सभा बैठक

मकवानपुर । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा बैठक अझै बस्न सकेको छैन । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वानसको मत लिने प्रयोजनको निम्ति आह्वान गरिएको बैठक अझै बस्न नसकेको हो । प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक अपराह्न ४ बजे बस्ने गरी सरेको जानकारी...

आमाको हत्या आरोपमा मकवानपुरका युवक पक्राउ

मकवानपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले आइतबार मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं.१० तल्लो बिसिङ्गखेल बस्ने २६ वर्षीय मिलन गमाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मिलनलाई आफ्नै...

दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न राखेपको अनुरोध

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न अनुरोध गरेको छ । राखेपले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको हो । राखेपको ११५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २...