समाचार

उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकोे छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले...

माओवादीद्वारा बझाङ प्रदेश सभा १ मा बुढाको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ (१) मा जनकराज बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । बुढालाई आइतबार बसेको माओवादी प्रदेशसभा पदाधिकारी बैठकले उम्मेदवार बनाउन नाम सिफारिस गरेको सो पार्टीका नेता ओमप्रकाश पुनले जानकारी दिए । बुढाको उम्मेदवारी सिफारिस भएपछि गठबन्धन दल एमाले, माओवादी र एकीकृत...

१७ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबार नेप्से सूचक १७ दशमलव ३० अंकले अंकले घट्दै २ हजार १८ दशमलव ३३ अंकमा झरेको हो । यस्तै, नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख...

अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । देशको सिन्धुली, रुपन्देही, मोरङ र सप्तरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने...

बागमतीका नवनियुक्त योजना मन्त्रीद्वारा पदभार ग्रहण

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पदभार ग्रहण गरेका छन् । मन्त्री थपलियाले आइतबार एक कार्यक्रमबीच हेटौंडास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । नेकपा एमालेबाट मन्त्री बनेका थपलियालाई शनिबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।...

भिरबाट लडेर मकवानपुरकी ८ वर्षीया बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ ठुलोसुधामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय सन्दिप भोम्जनको छोरी ८ वर्षीया पुर्णिमा भोम्जनको भिरबाट लडेर मृत्यु भएको मकवानपुरका प्रहरी नयाव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, शनिबार ती बालिका घरबाट निस्कि हिडेको र...

हेटौंडामा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित चन्द्रसूर्य पेट्रोल पम्प नजिकै सुमाले ठक्करबाट दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश १–०२–०१ ज ४३०० नम्वरको टाटा सुमोले ठक्कर दिँदा हेटौंडा–११ शान्ति चोक बस्ने अन्दाजी ३५ वर्षीय ज्ञाने सुनारको मृत्यु भएको मकवानपुरका प्रहरी नायव...

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपइलिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको अवैध रकमसहित प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नगद १८ लाख ५० हजार रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु...

मकवानपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ कायरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय देबराम रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान...