उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकोे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् ।
बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ ।
बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले इलाम–२ र बझाङ प्रदेश सभा (१) को उम्मेदवार तय गर्ने उनको भनाई छ ।
