समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ र दाङ जिल्लाको विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले तनहुँबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यो साता ३५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको तुलनामा यस साता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा उक्त रकम बराबरले सुनको...

प्रतिनिधि सभाको बैठक चैत १८ देखि २१ गतेसम्म लगातार बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत १८ गतेदेखि २१ गतेसम्म लगातार बस्ने भएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे, विभिन्न दलका प्रमुख सचेतक र सचेतकबीच बसेको बैठकले उक्त कार्यतालिका तयार गरेको नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले जानकारी दिइन् । उनका अनुसार, आइतबार ११ बजे बस्ने गरी...

रास्वपाद्वारा इलाम–२ उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ । आगामी वैशाख १५, २०८१ मा इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रास्वपाले शनिबार उम्मेदवारी घोषणा गरेको हो । पार्टीका सभापति रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार...

बागमतीमा जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी

मकवानपुर । बागमती प्रदेश मन्त्रपिरषिद् विस्तारको तयारी गरिएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आजै साँझ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । थपलियाले आजै शपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको...

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ । शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले सो बारे आग्रह गरेको हो । पाठ्यक्रम विकास केन्द्रले शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक स्वीकृत...

निर्माण व्यवसायी महासंघको साधारणसभा आज समापन हुँदै

मकवानपुर । निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारणसभा आज समापन हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको साधारणसभा आज सकिने भएको हो । सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय...

त्रिविको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वर्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा...

आज मौसम आंशिक बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम आंशिक बदली रहने जनाएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली रहने जनाएको हो । महाशाखाका अनुसार, आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी...

त्रिशूली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना–५, पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् ।...