समाचार

अवैध लागूऔषधसहित चार जना पक्राउ

झापा । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका–४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ७० मिलिग्रामसहित दुई...

मोटरसाइकल दुर्घटनामा परेर शिक्षकको मृत्यु

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परेर एक शिक्षकको मृत्यु भएको छ । दुर्घटनामा परेर बाग भैरव माविका शिक्षक रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चन्दनपुर बस्ने ५२ वर्षीय उनको...

एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुमतिपत्र रद्द गरेको छ । बोर्डले आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको गुनासा आएको भन्दै अनुमतिपत्र रद्द गरिएको जनाएको हो । आज एक विज्ञप्ति जारी गर्दै बोर्डले सो...

नगर खेलकुद हेटौंडा–१३ को संयोजकमा लुङ्बा

मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडा–१३ को संयोजकमा अमृत लुङ्बा चयन भएका छन् । बिहीबार भएको भेलाबाट लुङ्बाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको सदस्यमा श्यामकुमार लामा, प्रमिला राई, मदन बल, उमेश लुङ्बा, विशाल थिङ, कमल मोक्तान, ज्ञानु मोक्तान, कविन सिन्तान र तेजबहादुर वाइबा रहेका...

६७ औं सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सम्पन्न भएको हो । सो दिवसको अवसरमा सहकारी...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज हेटौंडा आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारणसभामा सहभागी हुन हेटौंडा आउन लागेका हुन् । निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा आज चैत्र १६ गते र भोलि चैत्र १७ गते महासंघको वार्षिक साधारणसभा हुन लागेको हो ।...

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेको बस बिहीबार दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको हो । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको र बसमा आगो...

५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक वर्षको अवधिमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराधको घटना भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् सोबारे जानकारी गराएको हो । सम्मेलनमा २०७९ चैत १० देखी २०८० फागुन ३० सम्ममा ५ हजार १५० वटा गम्भीर प्रकृतिको अपराध दर्ता भएको...

डा.प्रतिभा धौभडेल मृत अवस्था फेला

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डा. प्रतिभा धौभडेल मृत अवस्था फेला परेकी छन् । ३४ वर्षीया डा. प्रतिभा काठमाडौं महानगरपालिका–१३, छाउनीस्थित आफ्नै घरमा मृत भेटिएको प्रहरी वृत कालिमाटीले जनाएको छ । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई...

सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

काठमाडौं । स्वीट्जरल्याण्ड गएका सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८ औँ आईपीयूको महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका उक्त टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराए । सभामुखसहितको टोली गत...