५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार ०९:५४

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक वर्षको अवधिमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराधको घटना भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् सोबारे जानकारी गराएको हो ।

सम्मेलनमा २०७९ चैत १० देखी २०८० फागुन ३० सम्ममा ५ हजार १५० वटा गम्भीर प्रकृतिको अपराध दर्ता भएको प्रहरी प्रवक्ता (डीआईजी) भिमप्रसाद ढकालले बताए ।

उनका अनुसार, अपहरण, बलात्कार, बलात्कार पछि हत्या, मानव बेचबिखन, बलात्कार उद्योग, डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता कसुर गम्भीर प्रकृतिका अपराधमा पर्नेछ ।

यस्तै, पछिल्लो एक वर्षको अवधिमा देशभर ४ हजार २८४ वटा लागूऔषधका मुद्दामा प्रहरीले अनुसन्धान गरेको उनले बताए ।