समाचार
सरकारले ११ जना अधिृकतलाई बढुवा गर्दै
काठमाडौं । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने भएको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । शुक्रबार सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सो बारे जानकारी गराएकी हुन् । प्रवक्ता शर्माले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका...
इलाम–२: रास्वपाले शनिबार उम्मेदवारी घोषणा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी घोषणा गर्ने भएको छ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्ने भएको हो । रास्वपाले बिहीबार मात्रै इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो...
हेटौंडामा इसाई समूदायले मनाए गुडफ्राइडे
मकवानपुर । इसाई समूदायले महत्वका साथ मनाउने ‘गुड फ्राइडे’ आज हेटौंडामा मनाइएको छ । हेटौंडास्थित हेटौंडा ख्रिष्टियन चर्च, सिमल्टार चर्चलगायतका चर्चहरुमा इसाई धर्मावलम्वीले येशु ख्रिष्टको प्रार्थना गर्नुका साथै भजन गाएर गुड फ्राइडे मनाएका हुन् । गुड फ्राइडेलाई इसाई धमावलम्वीहरुले यशु ख्रिष्टले क्रुशमा मृत्युवरण गर्नुअगाडिको कष्टकर जीवनलाई र उनको भनाईहरुलाई...
कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनीत गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् । सदस्यमा मनोनीत हुनेहरुमा क्रमशः नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे,...
अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा दुई जना घाइते
बुटवल । अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना १ ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका–३ स्थित पाडेगैरा बासको ओरालोमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परेर टिपर चालक अमृत चुदाली र सह–चालक पुरन...
सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्यो
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । सर्वोच्चले शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । सांसद गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा...
मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने
हेटौंडा । फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार नेकपा माओवादी केन्द्रका सचेतक...
धर्म परिवर्तन डरलाग्दो समस्या भयोः कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्याको रुपमा देखिएको बताएका छन् । प्रशिक्षणको क्रममा विभिन्न जिल्लाहरुको भ्रमणमा आज गृह जिल्ला हेटौंडा आइपुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । साथै उनले यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता...
राष्ट्रपतिद्वारा एउटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज एक कार्यक्रमबीच अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको हो । उक्त विधेयक...
निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा समस्या थपियोः प्रधानमन्त्री प्रचण्ड
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरुले सम्झौता अनुसारको गुणस्तरीय काम नगर्दा समस्या भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई हेटौंडामा आज सम्बोधन गर्दै उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुसार योजनाको काम नगर्दा राज्यलाई थप बोझ बढ्दै गएको समेत बताए । उनले भने, ‘राज्यको कमजोरीका कारण...










