राष्ट्रपतिद्वारा एउटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १५:५०
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज एक कार्यक्रमबीच अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

उक्त विधेयक संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेस भएको थियो ।