सरकारले ११ जना अधिृकतलाई बढुवा गर्दै
काठमाडौं । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने भएको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
शुक्रबार सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सो बारे जानकारी गराएकी हुन् ।
प्रवक्ता शर्माले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरुलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गर्ने निर्णय भएको बताइन् ।
यस्तै, बैठकले तथ्यांक नियमावली, २०८० लाई पनि स्वीकृत गरेको उनले जानकारी दिइन् ।
