समाचार

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै महाशाखाले गण्डकी र कर्णाली...

वनमा लागेको डढेलोमा परेर महिलाको मृत्यु

डोटी । डोटीमा वन लागेको डढेलोमा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी, अध्यक्षले...

हेटौंडाको भुटनदेबी मन्दिरमा क्षमापूजा हुँदै

मकवानपुर । स्थानीय शक्तिपीठ भुटनदेवीमाता मन्दिरमा वार्षिक बिसासय पूजा (क्षमापूजा) शनिबार हुँदैछ । हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरको व्यवस्थापन समितिले क्षमापूजा तथा बलिपूजा गर्ने भएको हो । बिसासय पूजामा एक सय ८ वटा परेवा, एउटा कुखुरा, १५ वटा बोका, एउटा हाँस, एउटा राँगो, एउटा सुँगुर, एउटा पाठो गरी एक सय...

हेटौंडामा ट्याङ्करबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले डिजेल चोरी गर्ने दुई जनालाई बिहीबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउण्डभित्रबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अमलेखगन्जबाट काठमांडौतर्फ जादै गरेको ना ७ ख २७९४ नम्बरको तेल ट्याङ्करको डिजेल चोरी गरिरहेको अवस्थामा...

बागमतीमा बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन् । बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका...

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको छ । गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले पनि यस्तो परिपत्र गरेको हो । यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा) को रूपमा परिचालन हुँदै...

हेटौंडालाई कृषिमा आत्मनिर्भर बनाउँछौँः उपमेयर बानियाँ

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि आफुहरु विशेष योजनाका साथ अघि बढिरहेको बताएका छन् । कृषियोग्य जमिनलाई संरक्षण गर्दै कृषकमैत्री कार्यक्रम अघि सारिएकोे उनले बताए । सृजनशील नेपालको आयोजनामा आज हेटौंडा १८ एक्लेखेतमा आयोजित कृषि कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले उपमहानगरपालिकाले कृषकहरुलाई कृषि औजार,...

कर्णाली पुलबाट हाम फाल्ने युवक मृत भेटिए

काठमाडौं । कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् । गत सोमबार कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलाली प्रहरीले जनाएको छ । प्रहरीका...

इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी बैशाख १५, २०८१ मा इलाम–२ मा हुने उपनिर्वाचनका लागि गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी...