बागमतीमा बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाएको हो ।
नवनियुक्त मन्त्री बज्राचार्यलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख शर्माले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको रिसफारिमा शपथ ग्रहण गराएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द्र प्रसाद पौडेलले बताए ।
