आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार ०९:२९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै महाशाखाले गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।