समाचार
सुदुरपश्चिम प्रदेशः नाउपाका दुई मन्त्रीको जिम्मेवारी तोकियो
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकिएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई...
गगन थापाको दोस्रो चरणको संवाद यात्रा सुरु
नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सुरु भएको छ । महामन्त्री थापाले बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट पुनः संवाद यात्रा सुरु गरेका हुन् । सो क्रममा उनले स्थानीय चोकमा रहेको बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेका थिए । यसअघि गत माघ १३ गते झापाको मेची...
एमाले बागमती प्रदेश कमिटीको बैठक सम्पन्न
काठमाडौं । । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो । प्रदेश कमिटी बैठकको उद्घाटन मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । बैठकले जनतामा छाएको निराशालाई चिर्दै भरोसा...
हेटौंडामा हुने निर्माण व्यवसायीको साधारणसभाको तयारी पूरा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुन लागेको निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा भोलि चैत्र १६ गते र पर्सी चैत्र १७ गते हुन लागेको महासंघको वार्षिक साधारणसभाको तयारी पूरा भएको हो । साधारणसभामा देशभरका ७७ जिल्ला शाखा,...
नगर खेलकुद हेटौंडाद्वारा मेची–महाकाली दौडको टोलीलाई स्वागत
मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडाले मेची–महाकाली सचेतना दौड अभियानको टोलीलाई स्वागत गरेको छ । बुधवारे जेसिजसँगको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई स्वागत गरिएको हो । उक्त टोली दौड अभियानको आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति गाउँपालिका...
प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा निस्किए
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा आजदेखि जिल्ला भ्रमणमा निस्किएका छन् । मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रमका लागि उनी जिल्ला भ्रमणमा निस्किएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । कार्यक्रम तालिका अनुसार, चैत्र १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा...
आजबाट एसईई परीक्षा सुरु
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा यही चैत्र २७ गतेसम्म संचालन हुनेछ । यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले...
सुनकोशीमा बेपत्ता भएकामध्ये दुई बालकको शव भेटियो
उदयपुर । उदयपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका बालबालिकामध्ये दुई जना मृत अवस्थामा भेटिएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित धाप्लाङमा गत आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बेपत्ता भएको स्थानबाट अन्दाजी एक÷दुई किलोमिटर तल...
आगलागीमा परेर वृद्धको मृत्यु
दोलखा । दोलखामा आज बिहान आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका–८ मा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा विगु–८ खोपाचाँगुका ८३ वर्षीय वृद्ध खड्गबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार, जस्ताको टहरामा पसल संचालन गर्दै आएको उनको बिहान...








