सुदुरपश्चिम प्रदेशः नाउपाका दुई मन्त्रीको जिम्मेवारी तोकियो
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकिएको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने बताईको छ ।
