नगर खेलकुद हेटौंडाद्वारा मेची–महाकाली दौडको टोलीलाई स्वागत

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार ०९:१७

मकवानपुर । नगर खेलकुद विकास समिति हेटौंडाले मेची–महाकाली सचेतना दौड अभियानको टोलीलाई स्वागत गरेको छ ।

बुधवारे जेसिजसँगको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई स्वागत गरिएको हो ।

उक्त टोली दौड अभियानको आठौं दिनमा हेटौंडा आइपुगेको हो ।

बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक जीवनाथ अधिकारीको नेतृत्वमा विकल भट्टराई, अनुप पौड्याल र रमेश अधिकारीको टोली मेची–महाकाली सचेतना दौडमा सहभागी छन् ।

स्वागत कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइराला, एथ्लेटिक्स संघका अध्यक्ष, प्रभाकर पाण्डे, नगर खेलकुदका सदस्य विजय गौतमलगायतले टोलीलाई स्वागत सम्मान गरेका थिए ।